वीरगन्ज,जनता समाजवादी पार्टी जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले पार्टीभित्रका कचरालाई सफा गरेर सुदृद्धीकरण गर्नुपर्नेमा जोड दिनु भएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ११ ओम आश्रममा सोमबार जसपा पर्साको कार्यालयको उद्घाटन गर्दै अध्यक्ष यादवले नालीलाई सफा नगर्दा घरभित्रै फोहोर पानी पस्ने जोखिम हुने बताउँदै पार्टीभित्रका विकार पदार्थ एवम् अराजक तत्वहरुलाई शुद्धीकरण नगर्दा पार्टी नै जोखिममा जाने बताउनुभयो ।

अध्यक्ष यादवले सर्पलाई जति दुध पिलाए पनि विष नै दिने भन्दै जुन थालीमा खायो त्यही थालीमा प्वाँल पार्नेलाई पार्टीबाट पत्तासाफ गर्नुपर्ने धारणा राख्नुभयो ।

जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा भएको कार्यालय उद्घाटन कार्यक्रमलाई जसपाका केन्द्रीय सदस्य हरिनारायण रौनियार, वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेको जसपा पर्साका सचिव तबरेज अहमदले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य करिमा बेगम, भिमा यादव, सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिपकुमार जैसवाल, विन्दवासीनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह कानु, पकाहामैनपुर गाउँपालिका अध्यक्ष विजय चौरसिया, पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुन लगायतको पनि उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here