नरेश गुप्ता

बरियारपुर,बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ स्थित स्वाबलम्वन लघुबित्त बितिय संस्थाले आफना सेयर सदस्यलाई राहत वितरण गरेको छ । संस्थाले दलित र असहाय सेयर सदस्यहरुलाई राहत वितरण गरेको हो । महागढीमाई नगरपालिका प्रमुख उपेन्द्रप्रसाद यादवको प्रमुख अतिथ्यतामा राहत वितरण गरिएको थियो । कोरोना महामारीको बढदो प्रकोपसंगै गरिब र असहाय परिवारलाई राहत वितरण गर्नु सहनीय कार्य भएको नगरप्रमुख यादवले बताउनुभयो ।

स्वाबलम्वन लघुबित बितिय संस्थाको केन्द्रीय कार्यक्रम अनुसार हरेक शाखा केन्द्रहरुमा १ हजार लागत मुल्य बराबरको ४० असहाय परिवारलाई राहत वितरण गरिएको शाखा प्रमुख बिश्वनाथ भण्डारीले बताउनुभयो । लघुबित्त बित्तिय संस्थाले महागढीमार्ई लगायत पचरौता नगरपालिका, सुवर्ण गाउँपालिका,ं करैयामाई र बारागढी गाउँपालिकामा रहेका असहाय र दलित सेयर सदस्यलाई राहत वितरण गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here