वीरगञ्ज । धनुषाको शहिद नगरमा एक ५५ वर्षीया महिलाको शव फेला परेको छ । माइत गएकी शुभदेवी मण्डलको शव भेटिएको धनुषा प्रहरीले जनाएको छ ।जिल्लाको हंसपुर नगरपालिकाको वडा नम्बर ७ स्थित गहुँ खेतमा मण्डलको शव भेटिएको धनुषा प्रहरी प्रवक्ता रञ्जन अवाले बताउनुभयो । उहाँका अनुसार मण्डलको हत्या गरी गहुँ खेतमा शव फालिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । धनुषा प्रहरीका अनुसार मण्डलको टाउँकोमा चोट देखिएको छ ।
घटनास्थलमा कुकुर परिचालन गरेपनि अहिलेसम्म ठोस प्रमाण संकलन नभइसकेको प्रहरी बताउँछ ।तर यसको बाबजुद पनि प्रहरीले आफ्नो अनुसन्धान प्रक्रिया गम्भीरतापूर्वक अगाडि बढाएको प्रहरी प्रवक्ता आवेले जनाउनुभयो ।

Leave a Reply