वीरगञ्ज,वीरगञ्जकी एक १४ वर्षीय एक बालिकालाई बिहेको झुटो प्रलोभनमा भारत पु¥याएर ६ महिनासम्म राखेर बलात्कार गरेको आरोपमा एक जना भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारत घर भई हाल वीरगञ्ज महानगरपालिका– १५ भिस्वामा डेरा लिएर बस्दै आएका २५ वर्षीय मनिष पासवान रहेका छन् ।
पीडित बालिकाले प्रहरीमा दिएको उजुरी अनुसार, भिस्वामा डेरा लिएर बस्दै आएका पासवानले गत मङ्सिर २५ गते ती बालिका बजार गर्न घरबाट निस्किएकी थिइन् । त्यही बेला उनीसँग प्रेम सम्बन्धमा रहेका पासवानले बिहे गर्छु भन्ने प्रलोभन दिएर बालिकालाई लिएर भारत गएका थिए ।

पीडित बालिकाका अभिभावकले छोरी सम्पर्कविहीन भएको भन्दै खोजतलाशका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिएका थिए । ती बालिकालाई भारतमा ६ महिनासम्म आफूसँग राखेका पासवानले यही जेठ ११ गते वीरगञ्जमा छाडेर फरार भएका थिए ।त्यसपछि बालिकाले प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा प्रहरीले पासवानलाई जेठ १२ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालले जानकारी दिनुभयो। पीडित भनिएकी बालिकाले भारतमा लगेर राखेका पासवानले आफूसँग पटक पटक बलात्कार गरेको बयान दिएको डिएसपी लम्सालले बताउनुभयो ।

पक्राउ गरिएका पासवानलाई प्रहरी हिरासतमा राखेर उनिविरुद्ध करणी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको लम्सालले जानकारी दिनुभयो ।
‘प्रेमको प्रलोभनमा बालिकामाथि बलात्कार’
वीरगञ्ज,एक जना १३ वर्षीय बालिकालाई प्रेमको झुटो प्रलोभनमा पारेर पटक–पटक बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पर्साको जगरनाथपुर गाउँपालिका– ६ सन्ठी गाउँका २३ वर्षीय विशाल यादव रहेका छन् ।कक्षा ८ मा पढ्ने १३ वर्षीय बालिकालाई यादवले प्रेम गर्छु भन्दै झुटो प्रलोभन दिएर ललाई फकाई पटक–पटक बलात्कार गरेको पीडित बालिकाले बताएको प्रहरीले जनाएको छ ।जेठ ८ गतेका दिन पनि विद्यालयबाट घर फर्कने क्रममा बालिकालाई यादवले वीरगञ्ज महानगरपालिका– १५ भिस्वास्थित आफ्नो डेरामा लगेर बलात्कार गरेको प्रहरीको भनाई छ ।पीडित बालिकाको उरजीका आधारमा आरोपित यादवलाई जेठ १२ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालले बताउनुभयो ।पक्राउ गरिएका यादवलाई प्रहरी हिरासतमा राखेर उनीविरुद्ध करणी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर पर्सा जिल्ला अदालतबाट ६ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको डिएसपी लम्सालले जानकारी दिनुभयो ।

Leave a Reply