वीरगञ्ज,वीरगञ्जमा दुई समुदायबीच विवाद बढ्दै गएपछि महानगरपालिकाले धार्मिक सदभाव कायम गर्न ¥याली निकाल्ने तयारी गरेको छ । वीरगञ्ज महानगरपालिकाले आइतवार एक सूचना जारी गर्दै सोमबार (आज) बिहान ११ बजे सदभाव ¥याली निकाल्ने जनाएको हो ।वीरगञ्जको आर्दशनगरमा रहेको स्वीमिङ्गपुलबाट सदभाव ¥याली निकाल्ने वीरगञ्ज महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलद्वारा जारी सूचनामा भनिएको छ – ‘सोमवार सदभाव ¥याली निकाल्ने महानगरको तयारी छ, विहान १०ः३० बजे सबैजना कर्मचारीहरु पनि आउनुहोला । सूचनामा कर्मचारीलाई अनिवार्यरुपमा परिचयपत्र र पोशाकसहित उपस्थित हुन आग्रह गरिएको छ ।वीरगञ्जमा केही समययता दुई समुदायबीच विवाद चर्किने सम्भावना बढेपछि त्यसलाई मत्थर पार्नका लागि महानगरले सद्भाव ¥याली निकाल्न लागेको हो ।यसैबीच वीरगञ्जमा बसेको सर्वपक्षीय बैठकले सबै धर्म र समुदायबीच आपसी सद्भाव कायम राख्ने सहमति गरेको छ ।जिल्ला प्रशासन कार्यालय पर्सामा आइतवार बसेको सर्वपक्षीय बैठकले यस्तो सहमति गरेको हो । बैठकपछि सद्भाव कायम राख्न सबै पक्षको सहयोगको अपीलसहित संयुक्त विज्ञप्तिसमेत जारी गरिएको छ ।विज्ञप्तिमा राजनीतिक दल, नागरिक समाज, विभिन्न धार्मिक समुदायका अगुवा लगायतकाले हस्ताक्षर गरेका छन् । बैठकले वीरगञ्जमा अबदेखि शान्ति अमन चयनमा खलल पु¥याउने खालका धार्मिक एवम् सामुदायिक प्रकारका ¥याली, जुलुस, प्रदर्शन र बन्द हडतालको कार्यक्रम कुनै पनि समुदाय र सङ्घसंस्थाले नगर्ने सहमति गरेको बैठकमा सहभागी नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारीले जानकारी दिनुभयो ।पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी शिव लम्सालको अध्यक्षतामा बसेको बैठकमा जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन साह सोनार, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, उपमेयर इम्तियाज आलम, पर्साका प्रहरी उपरीक्षक (एसपी) कोमल शाह, नेपाली काङ्ग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारी, जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँ मन्सुरी लगायतको सहभागिता थियो ।