कलैया,बारा प्रहरीले जिल्लाको बारागढी गाउँपालिकाबाट मदिरा बनाउन प्रयोग गरिने ठूलो परिमाणको कच्चा पदार्थ बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कलैया र प्रहरी चौकी बारागढीबाट खटिएको टोलीले बारागढी गाउँपालिका वडा नम्बर ६ घैरघारीमा अवैध रुपमा संचालनमा रहेको मदिरा भट्टीमा आइतवार छापामारी गरेर मदिरा निर्माण गर्न प्रयोग हुने १ लाख ८० हजार मूल्य बराबराको करिव ३ हजार लिटर कच्चा पदार्थ र ३ थान ड्रम बरामद गरेको हो ।त्यसैगरी ईलाका प्रहरी कार्यालय कोल्हवीको प्रहरी टोलीले चोर मुद्दामा कैद र जरिवाना सजाय फैसला भएको एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले.जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १० बस्ने अन्दाजी वर्ष २७ को भोला पासवानलाई लुकिछिपी घरमै बसेको अवस्थामा पक्राउ गरेको हो ।पासवान विरुद्ध बारा जिल्ला अदालत कलैयाले चोरी मुद्दामा एक महिना कैद १ र २ हजार रुपैया सजाय फैसला सुनाएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here