राजकुमार यादव
मौलापुर,उज्यालो नगर अभियान अन्तर्गत गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणिप्रसाद कलवारले बुधवार गरुडा बजारमा टावर लाईटको शिलन्यास गर्नुभएको छ ।
गरुडा बजारस्थित मेथुर शालीकको प्राङ्गणमा गरुडा नगरपालिकाको आयोजनामा शिलान्यास कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नगर प्रमुख कलवारले गरुडा नगरपालिकाका प्रत्येक वडामा टावर लाईट व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ । कलवारका अनुसार चालू आर्थिक वर्षमा उज्यालो अभियान अन्तर्गत अवश्यकता अनुसार नगरको विभिन्न स्थानमा टावर लाईट जडान गर्ने बताउनुभएको छ ।
त्यसैगरी गरुडा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रामबाबुप्रसाद चौधरीले पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु राय यादवको कार्य कक्षमा पुगेर वडा नम्बर ६ पोठिआहीमा टावर लाईटको अति अवश्यता बताउनुभएको थियो । त्यस्तै वडा नम्बर ५ का वडाध्यक्ष रामविनोद साहले पनि महम्मदपुरमा टावर लाईटको अवश्याता भएको बताउनुभएको छ । नगर प्रमुख कलवारले अवश्यकताअनुसार नगरका सबै भागमा लाईट जडान गरिने जनाउनुभएको हो ।