बाघको नाम सुन्दैमा डर लाग्ने भएपनि सरकारले बाघ संरक्षणका लागि नीति नै बनाएको छ । मान्छे बाघसंग डराए पनि फेरि बाघ कहाँ पाइएला भनेर मान्छे नै बाघको खोजीमा रहेको पनि देखिन्छ ।विशेष गरी निकुञ्जहरुमा थुनेर राखिएको बाघ हेरेर मानिसले मनोरंजन लिने गर्दछन् भने बाघ प्रकृतिको एउटा सुन्दर जन्तुु नै हो । यसको संरक्षण गर्ने दायित्व पनि मानिसकै हो । एकाध बाघका कारण मानिसको ज्यान गएको भएपनि सबै बाघ नरभंक्षी भने हुदैनन् । त्यसो त बाघले शिकार चैं गर्ने गर्दछ त्यो उसको विशेषता नै हो ।
जंगलको एउटा सुन्दर जनावर यसरी संरक्षण गरेको ठाउँमा नै मर्छ भने त्यो सामान्य कुरा होइन । फेरि एउटा नभइ तीन÷तीनवटा बाघ मर्छन् भने त्यसको दोषी त्यही निकुञ्ज हुन्छ नै ।नेपालमा आरक्ष वा निकुञ्जहरु यीनै जंगली जनावरहरुको संरक्षणका लागि भन्दै स्थापना गरिएको छ र पर्सा राष्ट्रिय निकुञ्ज पनि यसैमा एउटा हो । यही निकुञ्जभित्र यसरी जंगली बाघले मृत्युवरण गर्नु अब अनुसंधानको विषय हुनुपर्दछ । यसलाई केवल सामान्य रुपमा लिएर बाघ त मरेको हो कि भन्न पाइदैन ।तर, यो नेपाल हो, यहाँ मान्छे मार्ने त उन्मुक्ति पाइरहेको अवस्था छ भने बाघ मार्नेलाई कसले कारबाही गर्ने ? त्यो पनि खोरमा मरेको बाघको विषयमा कसलाई के मतलब ।
केही एउटा एउटा कारण देखाएर पक्कै पनि निकुञ्ज प्रशासन उम्कने नै छ । तर, उसलाई सजिलै उम्कने अधिकार चैं छैन । जवाफदेही त निकुञ्ज प्रशासन हुनुनै पर्दछ । रक्षक नै भक्षक हुन्छ भने उसले जवाफ दिनुको विकल्प छैन । तर, यसरी लापारबाही गर्नेलाई कसले र कस्तो कारबाही होला त्यसका लागि भने केही समय कुर्नु नै पर्दछ ।
















