कृष्णउदास खनाल
भच्चेक(गोरखा),गोरखा जिल्लाको अजिरकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रले बिजयी हासिल गरेको छ । यसअघिको स्थानीय तहको चुनावमा जम्मा ५ वटा वडा रहेको अजिरकोटमा दुईवटा वडामा मात्रै जीत निकाल्न सफल भएको माओवादीले यस पटक भने पालिका अध्यक्ष,उपाध्यक्ष सहित बहुसंख्यक वडा सदस्य र तीनवटा वडामा जित हासिल गर्न सफल भएको हो । अजिरकोटको वडा नम्बर १,२ र ३ मा यस पटक माओवादीको प्यानल नै बिजयी भएको छ भने सो पालिकाको वडा नम्बर ४ मा भने नेपाली काँग्रेसको प्यानल र पाँचमा भने काँग्रेसका वडा अध्यक्ष सहित एकजना सदस्य र बाँकी माओवादीकै वडा सदस्यहरु निर्वाचित भएका हुन् । नेपाली काँग्रेसको गढको रुपमा रहेको अजिरकोटमा काँग्रेसभित्र देखिएको आन्तरिक लडाइका कारण पनि माओवादीलाई फाइदा भएको बिश्लेषकहरुको तर्क छ । गाउँपालिकामा उपाध्यक्ष पदमा उठेकी इन्द्रा गुरुंगले सामाजिक संजाल फेसबुकमा नै आफू अन्तरघातका कारण पराजित भएको बताउनुभएको छ । अजिरकोटमा काँग्रेसका अध्यक्ष पदका उम्मेदार गोबिन्द गुरुंगले ३ हजार,२ सय ८९ मत ल्याउदा माओवादीबाट उठेका दीपक देवकोटाले ३ हजार,७ सय ८७ अथवा ४ सय ९८ मत अन्तरले गुरुंगलाई जित्नु भएको हो भने उपाध्यक्षमा पनि काँग्रेसकी इन्द्राले ३ हजार,३ सय ६१ मत ल्याउँदा माओवादीकी अनिता भुजेलले ३ हजार ५ सय ३२ अथवा १७१ मत अन्तरले उपाध्यक्ष पदमा बिजयी हासिल गर्नु भएको हो । अघिल्लो २०७४ सालको चुनावमा भने यस पालिकामा काँग्रेसकै अध्यक्ष र उपाध्यक्ष थिए ।
हंसपुरको रोचक इतिहाँस
अजिरकोट गाउँपालिकाकै वडा नम्बर ३ को हंसपुरको कुरा भने फरक छ । हंसपुरका पुराना कम्यूनिष्ट नेता डालनाथ अधिकारीका अनुसार हंसपुरमा पहिलो पटक माओवादी वा कम्यूनिष्ट बिजयी भएको हो । यसअघि कम्यूनिष्टहरु तत्कालिन गाविसमा बिजयी भएको इतिहाँस छैन । करिब तीन दशक अघिसम्म औंलामा गन्न सकिने कम्यूनिष्ट शुचिन्तक रहेको हंसपुरमा माओवादीको जीत हुनु ,माओवादी शुभचिन्तकहरुका लागि निकै गर्वको कुरा भएको वडा अध्यक्षमा बिजयी बावुराम अधिकारीले बताउनुभयो । काँग्रेसका रेशम गुरुंगलाई पराजित गरी अधिकारीले कम्यूनिष्टको झण्डा हंसपुरमा गाड्नु भएको हो । २०५२ सालमा माओवादीले जनयुद्ध शुरु गरेपछि यस क्षेत्रमा माओवादीको प्रभाव बढ्दै गएपनि कथित माओवादीको आरोपमा २०५८ सालमा भच्चेक स्थित तत्कालिन शाही सेनाको महेन्द्र बक्स गणको सेनानी राजिव थापाको समूहले यही वडाका चन्द्रप्रसार खनाल,भरत अधिकारी,माधव अधिकारी र बुद्धीबल बिकलाई नियन्त्रणमा लिएर माओवादीको आरोपमा बेपत्ता बनाएmपछि झनै माओवादी यस क्षेत्रमा बढेका हुन् । सशस्त्र संघर्षका क्रममा एउटा वडाबाट यत्ति धेरै नागरिकहरु बेपत्ता बनाउने बिरलै वडाको रुपमा हंसपुर पनि पर्दछ ।

 

Leave a Reply