बसन्त लामा
सिगौल,निजगढ नगरपालिकाको वडा नम्बर ३ सिंगौलमा स्थानीय केहि भूमाफियहरु खेती योग्य जमिन प्लटिङ्ग गरेर खण्डीकरण गर्ने प्रयास गरेका छन ।वर्षौदेखि कृषि प्रयोजनमा प्रयोग हुदैआएको जमिनमा बाटो बनाएर उनीहरुले प्लटिङ्ग गर्ने प्रयास गरेका हुन । बाटो बन्ने बित्तिकै जग्गाको दोब्बर मूल्य आउछ भन्ने झुठो आश्वासन देखाएर भूमाफियाको संन्जालले वडा नम्बर ३ को जग्गा खण्डीकरण गर्न लागेको हो ।सिंगौल वडा नबर ३ मा रहेको खोप केन्द्र नजिकको खोल्छीमा रहेको सार्वजानिक जग्गामा कल्भर्ट निर्माण गरेर खेती योग्य जमिन खण्डीकरण गर्न लागिएको हो । सार्वजानिक स्थलमा पूर्व वडा अध्यक्षले खोप केन्द्र बनाएको निहूँ बनाएर सिगौलका केही भूमाफियाले सार्वजानिक जग्गामा कल्भर्ट निर्माण गरि खेती योग्य जमिन प्लटिङ गर्ने तयारी गरेकाछन ।निजगढ नगरपालिकाको वडा नम्बर ३ को वडा कार्यालयले बाटोनै नभएको ठाउँमा कल्भट निर्माण गर्नको आर्थिक वर्ष ०७९-०८० को वार्षिक बजेट बिनियोजन गरेको थियो ।गत वर्ष नै निर्माण गर्ने तयारी गरिएको सो कल्भर्ट नगरपालिकामा बजेट अभावका कारण निर्माण कार्य रोकिएको थियो । गत वर्षको विनियोजित बजेटलाई नै निरन्तरता दिदै हाल वडा नम्बर २ स्थित भरतगंज सिगौल स्वास्थ्य चौकीको केहि दुरी पर कल्भट निर्माण गरिएको छ । सोहि कल्भर्टलाई प्रयोग गरि सिंगौलका केही व्यक्तिहरुले खेती योग्य जमिनलाई खण्डीकारण गर्ने तयारी गरेका हुन ।
वडा नम्बर ३ मा खेती योग्य जमिनको बीचबाट विगतका वर्षहरुमा निर्माण शुरु गरिएका सडकहरु मध्ये अहिले पनि अधिकांश सडक अधुरो छन ।

Leave a Reply