सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको राधाकृष्ण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको १७औं बार्षिक साधारण सभा शनीवार सम्पन्न भएको छ ।जीतपुरसिमरा– २ नरबस्तीमा रहेको वन समुहको सभाहलमा सम्पन्न साधारण सभाको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले गर्नुभएको थियो ।
कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडा, पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, भिमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह पथलैयाका अध्यक्ष पेशल मुल्मी, नगर निर्माण व्यवसायी संघ जीतपुरसिमराका अध्यक्ष दीपककुमार ठाकुरलगायत स्थानीय सामुदायिक वन समूह र समितिका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।वन समूका अध्यक्ष सत्यबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभाले अध्यक्षको संस्थागत प्रतिवेदन तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

















