जीतपुर,बाराको परवानीपुर गाउँपालिका–४ चैनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । प्रदेश २–०३–००६ प २४९७ नम्बरको मोटरसाइकललाई ना ६ ख ६१३६ नम्बरको ट्रकले शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार वीरगन्ज महानगरपालिका–२४ का २४ वर्षीय जैकीप्रसाद कुशवाहाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्रक र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी धनुषाको मिथिला नगरपालिका–६ ढल्केवर चोकमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । ज ७ प ४४३४ नम्बरको मोटरसाइकललाई ना ५ ख ४९६५ नम्बरको बसले शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरी भंगाहा नगरपालिका–७ घर भएका २८ वर्षीय मनोजकुमार ठाकुरको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको मोडेल अस्पताल लालगढ हुँदै प्रादेशिक अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

Leave a Reply