कलैया,विश्वप्रसिद्ध गढीमाई मन्दिर परिसरमा निर्माणधिन विवाहमण्डप र धर्मशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बाराको महाढीमाई नगरपालिका वडा नम्बर १ बरियारपुरस्थित गढीमाई मन्दिरमा विवाह मण्डप तथा धर्मशाला निर्माण अन्तिम चरणमा पुगेको हो ।

विवाह मण्डप र धर्मशालाको निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको र निर्माण सम्पन्न गरेर केही दिनमै उद्घाटन गर्ने तयारी भइरहेको स्थानीयले बताएका छन ।
विवाहमण्डप र धर्मशाला सञ्चालनमा आएपछि मन्दिरमा विहेबारी गर्न आउने र मन्दिरको दर्शन गर्न आउनेहरुलाई बास बस्न सहज हुने बताइएको छ । सोही उद्देश्यका लागि आधुनिक एंव सुविधासम्पन्न विवाह मण्डप र धर्मशाला निर्माण गरिएको हो ।

गढीमाई मन्दिर सञ्चालक समितिले उपलब्ध गराएको ६ कठ्ठा डेढ धुर जग्गामा ७ करोड ५९ लाख ७३ हजार रुपैयाँको लागतमा विवाह मण्डप तथा धर्मशाला निर्माण भइरहेको हो । जसमा १२ कोठाको दुई तल्ले भवन रहेको छ । ललितपुरको भ्याली बाबुरत्न जेभीले उक्त विवाहमण्डप एंव धर्मशाला निर्माणको ठेक्का सकारेको थियो ।
लोकतान्त्रिक समाजवादी पार्टीका उपाध्यक्ष तथा प्रदेश सभा सदस्य जितेन्द्र सोनलले २०७६ साल ४ जेठ गते आधुनिक एंव सुविधासम्पन्न विवाह मण्डप तथा धर्मशालाको शिलान्यास गर्नुभएको थियो ।

Leave a Reply