वीरगञ्ज,पर्साको धोबिनी गाउँपालिकामा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् । गाउँपालिकाको वडा नम्वर ५ नहरमा एकजना ३५ वर्षीय मृत भेटिएका हुन् ।तुलसीवर्वा चोकस्थित सडक छेउको नहरमा शव फेला परेको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । सोही वडाका कपिल देव राम मंगलवार बिहान ६ बजे मृत भेटिएका पर्सा प्रहरीका प्रवक्ता डिएसपी दिपक भारतीले पुष्टि गर्नुभयो ।

उहाँका अनुसार स्थानीयले नहरमा शव देखेपछि प्रहरालाई खबर गरेका थिए । शवको मुचुल्कापछि पोष्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाइएको प्रहरीको भनाई छ ।मृतक रामले मादक पदार्थ सेवन गरेको र नहरमा लडेर उनको ज्यान गएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a Reply