बसन्त लामा
सिगौल,निजगढ– फापरवारी सडक खण्डअन्तर्गत सिंगौलको शान्तिटोलमा सडक स्तरोन्नति कार्य शुरु भएको छ ।
बाराको निजगढ नगरपालिकाबाट मकवानपुरको बागमति गाउँपालिका फापरबारी बजार जोडने सडक अन्तर्गत पर्ने निजगढ वडा नम्बर ३ सिंगौलमा सडक फराकिलो पार्ने कार्य शुरु भएको हो । वडा नम्बर ३ का पूर्ववडा अध्यक्ष जितबहादुर बलको घर नजिकैबाट सो सडकमा आर सी सी ढलानसहित स्तरोन्नति शुरु भएको छ ।
चालु आर्थिक वर्षमा मधेस प्रदेश सरकारद्वारा विनियोजित बजेटबाट आर सी सी ढलान सडक निर्माण हुन थालेको हो । मधेस प्रदेश सकारको ३० लाख सहयोगमा सडकको निर्माण कार्य भइरहेको हो ।
निर्माणाधिन उक्त सडक नालासहित लम्बाई २ सय ५० मिटर र चौडाई ८ मिटर ८ इन्च मोटाइ रहेको छ ।
वडा नम्बर ३ का समाजसेवी सुकराम जिम्बा (ज्ञानु) को पहलमा प्रदेश सरकारले बजेट व्यवस्था गरेको बताइएको छ । सडक व्यवस्थित नहुँदा वर्षायाममा शान्ति टोलका बासिन्दाले हिलाम्मे सडकको प्रयोग गर्नुपर्ने बाध्यता रहेको थियो । उक्त सडक निर्माणपछि सिंगौलका स्थानीयसंगै छिम्मेकी मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नम्बर १ र २ को स्थानीयलाई समेत सहज हुने बताइएको छ ।
मधेस प्रदेश सरकारको ८० लाखको लागतमा सिंगौलको धनसारमा पक्की सिँचाई आयोजना निर्माणाधिन अवस्थामा छ भने टाँसीधार्गेली बौद्ध गुम्बामा ८ कोठे सार्वजानिक शौचालय निर्माण कार्य पूरा भएको छ ।


















