बिदुर खडका

डुमरवाना,जीतपुरसिमर उपमहानगरपालिका छातापिपरास्थित त्रिवेणी स्पेनिङ्ग मिलको घटनामा पक्राउ परेका ५ जना मजदुर रिहा भएका छन । झडपको क्रममा केही प्रहरी घाइते बनेपछि पक्राउ परेका मजदुरहरु आइतवार धरौटीमा रिहा भएकाहुन ।

दशै, तिहार र छठ पर्वमातलब र बोनस माग गर्दै प्रर्दशनमा उत्रिएका मजदुरहरुले कारखानाका सिइओलगायत ५ जना कर्मचारीलाई बन्धक बनाएपछि उद्धारको निम्ति पुगेको प्रहरी टोलीसंग मजदुरहरुको झडप परेको थियो ।

झडपको क्रममा मजदुरहरुले गरेको ढुङ्गामुढाबाट करिव २ दर्जन मजदुर घाइते बनेपछि प्रहरीले पनि ५ जना मजदुरलाई नियन्त्रणमा लिएको आइतवार रिहा गरेको मजदुर नेता बेनी तिमल्सिनाले जानकारी दिनुभयो । सहकर्मी बिदुर खडकाले मजदुर नेतातिमल्सिनासंग घटनाको वास्तविकता के हो भनेर सोध्नु भएको छ ।

Leave a Reply