रौतहट,रौतहटको बौधीमाई नगरपालिका वडा नम्ब्र ५ कोपवा टोलमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।शुक्रवार राती करेन्ट लागेर घाइते भएका दुवैजनाको उपचारका क्रममा गौरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा स्थानीय ३० वर्षीय अरुणकुमार साह र २८ वर्षीय सतावी पण्डित रहेका छन ।घरको आँगानमा गाढेको चापाकलबाट पानी थाप्ने क्रममा दुवै जनाको करेन्ट लागेर मृत्यु भएको हो । मृतक दुबै स्थानीय व्यापारी पनि हुन । मृतक अरुणको किराना र पण्डितको पान पसल रहेको छ ।उनीहरु चापाकलमा पानी थाप्न जादा करेन्ट लागेर घाइते भएको र उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरीका प्रहरी नायव निरीक्षक परमानन्द यादवले बताउनुभयो ।

Leave a Reply