राजन कुमार बानिया
पोखरिया,पर्साको धोबिनी गाउँपालिकामा सरुवा भएर आउनुभएका नयाँ प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार साहले सोमवार कार्यभार समाल्नुभएको छ ।साहलाई एक समहारोहकाबीच गाउँपालिका जनप्रतिनिधि, कर्मचारीहरुले स्वागत गर्नुका साथै परिचयात्मक कार्यक्रम आयोजना गरिएको हो ।धोबिनी गाउँपालिकाको सभा हलमा भएको स्वागत तथा परिचयात्मक कार्यक्रममा गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहानसहित उपाध्यक्ष मन्जुदेवी कुर्मी, नेपाली काँग्रेस क्षेत्र नम्बर ४ का महाधिवेशन प्रतिनिधि श्यामकिसोर पटेल, वडाध्यक्ष बन्धु साह, राजकिसोर पटेल, अबास मियाँ, मनाउर मियाँ, शिक्षा शाखा प्रमुख बृजकिसोर त्रिपाठी, लेखा प्रमुख धंनजय दास, योजना शाखा प्रमुख पप्पु पटेल, खरिद शाखा प्रमुख प्रदिप पटेल, स्वस्थ्य शाखा प्रमुख सन्जय यादव, ईन्जिनियर रबिभुषन पटेल सदस्य मदन सहनी, कमल ठाकुर, जितेन्द्र कुर्मीलगायत गाउँपालिका कर्मचारीहरुले अधिकृत साहलाई फुल माला र गमछा ओढाएर स्वागत गरेका थिए ।सो अवसरमा अधिकृत साहले आफू जनताहरुको कामलाई छिटो र छरितो सेवा पु¥याउन प्रतिबद्ध रहेको घोषणा गर्नभयो । उहाँले जनतको काम काजका साथै विकास निर्माण लगायतको कामहरु अगाडि बढाउने र जनप्रतिधि तथा कर्मचारीको समन्वयमा अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “तपाईहरुले आज जसरी स्वागत गर्नु भएको छ, त्यसरी नै तपाईहरुको सहयोग र समन्वयको जरुरी रहेको छ ।’परिचयात्मक कार्यक्रममा जनप्रतिनिधि, कार्यपालिका सदस्य र कर्मचारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । गाउँपालिकामा आउनु भएको प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार साह यसअघि ईलाका प्रसाशन कार्यालय सिम्रौनगढमा कार्यरत हुनुहुन्थ्यो ।

Leave a Reply