नरेश गुप्ता
बरियारपुर,नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बारा र मकवानपुर जिल्लाको विभिन्न क्षेत्रमा लगाइएको अवैध गाँजा खेती नष्ट गरेको छ ।
सशस्त्र प्रहरी बल १२ नम्बर गणका सशस्त्र प्रहरी नायब उपरीक्षक .निरन्जन भण्डारीको कमाण्डमा ईलाका प्रहरी कार्यालय निजगढबाट खटेको ३५ जनाको टोलीले बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ नयाँ बस्ती र मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ चिप्लेटी बंगेरी खोला क्षेत्रमा अन्दाजी १० बिगाहा क्षेत्रमा अवैध रुपमा लगाइएको गाँजा खेती फडानी गरेको छ ।
सशस्त्र प्रहरी बल १२ नम्बर गणद्वारा आर्थिक वर्ष ०७७÷०७८ मा लागु औषध ओसार पसारमा प्रयोग भएका मोटरसाइकल ३ र सवारी साधन (चार पाङ्ग्रे्र्र) एउटा बरामद गरेको छ । त्यसैगरी थप ६५ कठ्ठा जमिनमा लगाइएको गाँजा नष्ट गरिएको सशस्त्र प्रहरी बल १२ नम्बर गणको गणपति रोबिन राजकर्णजीतले जानकारी दिनु भएको छ । सोही अवधिमा प्रहरीले तयारी गाँजा ३ सय ४२ केजी बरामद गरेको थियो ।
त्यसैगरी लागु औषध डाईजोपाम ४५९१ ओटा, चरेस १३ किलो ४८ ग्राम, फेनारगन २९३६ ओटा, अन्य ५०४ र कोरेक्स ५५८ बोलत, सिरीन्ज ३ ओटा गोटा, नर्फिम ३८०४ ओटा, अफिम २ केजीसमेत बरामद गरी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको छ । आर्थिक वर्ष ०७८÷०७९ मा एउटा मोटरसाइकल तयारी गाँजा १ क्विन्टल र १० बिगाहा क्षेत्रमा लगाइएको गाँजा फडानी गरेको पनि जानकारी दिइएको छ । त्यसैगरी डाईजोपाम ८९० थान, फेनारगन ९२५, र नर्फिम ९ सय एक पिस बरामद गरी आवश्यक कारबाहीको लागि सम्बन्धित कार्यालयहरुमा बुझाएको सशस्त्र प्रहरी बल १२ गणका सूचना अधिकारी निरन्जन भण्डारीले जानकारी दिनुभयो ।