बसन्त लामा

सिंगौल,निजगढ नगरपालिका वडा नम्बर १ सिंगौलस्थित नमुना बस्तिमा क्रिष्टलको माला बनाउने ७ दिने तालिम मंगलवारबाट सुरु भएकोछ ।वडा नम्बर १ का वडा अध्यक्ष मगल लोप्चनले माला बनाउने तालिमको उद्धाटन गर्नुभएको हो ।तालिममा निजगढ नगरपालिका वडा नम्बर १ को नमुना बस्तिमा बसोबास गर्दै आएका दलित तथा अतिविपन्न समुदायका २० जना महिलाहरुको सहभागिता रहेको छ । तालिमपछि गाउँका बेरोजगारी महिलाहरुले स्वरोजगारी हासिल गर्नसक्ने आयोजकले बताएको छ ।क्रिष्टलको माला निर्माण सिकाउनका लागि प्रशिक्षक सजिता पुडासैनी र रसिला चौलागाईले परीक्षार्थीलाई ७ दिनसम्म तालिम दिनुहुने छ । कार्यक्रमको आयोजक निजगढ क्रियटिभ स्कील डेभलवमेन्ट र सहआयोजकमा निजगढ नगरपालिका वडा नम्बर १ को वडा कार्यालय रहेको छ ।निजगढ क्रियटिभ स्कील डेभलवमेन्ट प्रालिका ड़ाइरेक्टर बिष्णुप्रसाद रिसालको अध्यक्षतामा भएको सो तालिमको उद्धाटन कार्यक्रममा निजगढ नगरपालिका योजना शाखाका प्रमुख अजय उप्रेती, कार्यपालिका सदस्य फुलमाया लोप्चन , जानुका परियार, पूर्ववडा सदस्य सोपिला स्याङतान र समाजसेवी सगम लोप्चनको समेत उपस्थिति रहेको थियो ।तालिम उद्धाटन कार्यक्रमको संचालन क्रियटिभ स्कील डेभलवमेन्ट प्रालिका बलराम तिमल्सिनाले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here