कृष्ण मोहन साह
सेढवा,लेडिज सर्कल वीरगञ्जको सहयोगमा पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर १ मा रहेको श्री नेपाल राष्ट्रिय मावि कठकुया बसन्तपुरका ४५ जना छात्राहरुलाई विद्यालय पोशाक ट्रेकसुट वितरण गरिएको छ ।विद्यालयमा अध्ययनरत अतिविपन्न ४५ जना छात्राहरूलाई पोशाक वितरण गरिएको हो । ती विद्यार्थीहरुले जाडोयाममा विद्यालय आउँदा विद्यालय पोशाकको अभावमा समस्या बेहोर्दैै आएका थिए । विद्यालय पोशाक पाएपछि बालिकाहरूको पढाइमा निरन्तरता हुने र जाडोयाममा पनि विद्यालय आउन सजिलो हुने विद्यालयका प्रअ कृपा सिन्धुप्रसाद पटवारीले बताउनुभयो ।
पोशाक वितरण कार्यक्रममा लेडिज सर्कल वीरगञ्जकी अध्यक्ष खुसबु अग्रवाल, निधि जाटिया, नेहा अग्रवाल, नन्दनी अग्रवाल, अनामिका पुजारी, राउन्ड टेबल ३ का आयुष गुप्ता, सुषमा गौतम, लालमतीकुमारी, सुन्दरमाकुमारीलगायतको सहभागिता रहको थियो ।कार्यक्रमको आसमान नेपालका पालिका संयोजक धर्मेन्द्र चौरसिया र किरण ओझाले सहजीकरण गरेका थिए ।

















