बारा,संविधानसभा सदस्य एवम बारा निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेस पार्टीको तर्फबाट प्रदेश सभा ख का उम्मेदवार रामअयोध्या यादवले संविधानको रक्षा एवम नागरिकता बिधेयक पास गर्नका लागि सत्ता गठबन्धन भएको बताउनु भएको छ ।
नेपाली काँग्रेस कबहीगोठले कबहीमा बुधवार आयोजना गरेको चुनाव प्रचारप्रसार एवम छलफल कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएका यादवले संविधान कार्यन्वयनमा पटक पटक प्रहार गरि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले संविधानको घाँटी निमोठने काम गरेको बताउदै सरकारले दुई पटक साँसदबाट पास गरि राष्ट्रपति कहाँ स्वीकृत गर्नका लागि पठाउदा समेत नेकपा अध्यक्ष ओलीको ईसरामा फिर्ता पठाउनेसम्मको काम गरेको हुँदा संविधानमाथि नै संकट पैदा भएको प्रष्ट पार्नुभयो ।
मुलुकको हरेक परिवर्तनमा काँग्रेसको अग्रणी भुमिका रहेको बताउदै तराई मधेसको समस्या पनि काँग्रेसले नै समाधान गर्ने भन्नुहुदै आगामी निर्वाचनमा रुख चिन्हसहित गठबन्धनमा रहेको उम्म्ेदवारहरुलाई मतदान गरि बिजयी गराउन आग्रह पनि गर्नुभयो । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न, विधिको शासन कायम गर्न, सुशासनको प्रत्याभुति दिलाउने, निष्पक्ष एवम धाधली रहित निर्वाचन गराएर मुलुकमा शान्ति स्थायित्व, बिकास समृद्धि कायम गराउदै अधियानवादलाई परास्त गर्नका लागि पनि लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा मिल्नुको विकल्प नरहेको प्रदेशसभाका उम्मेदवार यादवले बताउनुभयो ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै सुवर्ण गाँउपालिकाका अध्यक्ष राजेश यादवले दुई तिहाई बहुमतको सरकार जोगाउन नसक्ने ओलीलाई अब नेपाली जनताले घुँडा टेकाउने बताउनुभयो । पालिकाका सभापति रुपनारायण यादवको अध्यक्षतामा सम्पन्न सो चुनावी सभामा नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्बर १ का महासमिति सदस्य रामाकान्त साह, सिकेन्द्र पासवान, राजेन्द्र सिह, रामएकवाल प्रसाद यादव, प्रल्हादप्रसाद यादव, अकलप्रसाद यादव, श्यामबाबु प्रसाद यादव, असर्फीराय यादव, ओमबाबु यादव, उमाशंकर प्रसाद यादव, मोकदम अंसारी लगायतकाले बोल्नुभएको थियो ।