सिमरा,राधाकृष्ण मध्यवर्ति सामुदायिक वन उपभोक्ता समुहको १६औँ सधारण सभा सम्पन्न भएको छ ।सधारण सभाको उद्घाटन मधेस प्रदेशका प्रदेश सभा सदस्य देवनारायण चौधरीले गनुृभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य चौधरीले जनतासँग हातेमालो गरी वन उपभोक्ता समुहहरु बनाउँन सकेको खण्डमा मात्र वन संरक्षणमा टेवा पुग्ने दाबी गर्नुभयो । उहाँले मध्यवर्ति क्षेत्रभित्र पर्यापर्यटन विकासको प्रशस्त आधारहरु भएको र त्यसको उचित प्रयोग गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

जनजागरण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले उपभोक्ता समुहहरुले आफुभन्दा माथिका समितिहरुको कुरा नमानिदिँदा सोचे अनुसारको परिवर्तन ल्याउँन नसकिरहेको दुखेसो गर्नुभयो । काठको मुल्यलाई बढाएर उपभोक्तालाई दिनु कदापि स्वीकार नहुने तर्क गर्नुभयो । उहाँले वन उपभोक्ता समुहरु आफनो दायित्व र अधिकारलाई बुझेर काम गर्नुपर्ने सल्लाह दिनुभयो ।पर्सा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत सन्तोष भगतले वन तथा वन्यजन्तुको संरक्षणकोलागि वन उपभोक्ता समिति गठन भएको कुरा उपभोक्ताहरुले बुझनुपर्ने धारणा राख्नुभयो ।
काठ उपभोगतर्फ मात्र आफनो ध्यान केन्द्रित गर्दा वन तथा वन्यजन्तुको संरक्षण कार्य ओझेलमा त परेको छैन् भन्ने चिन्ता पनि उहाँले व्यक्त गर्नुभयो ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य क्षेत्रबहादुर श्रेष्ठ (अनिल )ले उपभोक्ता समुहले स्थानीय, प्रदेश र राष्ट्रिय स्तरमा पर्यापर्यटनको काम गरिरहेको जानकारी दिनुभयो । उहाँले वातावरण संरक्षण गरी मानव जातीको कल्याणको काम गरिरहेकोमा वन संरक्षणमा जुटेका सबैलाई धन्यवाद दिनुभएको थियो ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठले वडाले अनुदान दिएर भएपनि उपभोक्तालाई सस्तोमा काठ उपलब्ध गराउँने मानसिकतामा रहेको बताउनुभयो । उपभोक्ताले ६० प्रतिशत र वडा कार्यालयले ४० प्रतिशत अनुदान काठमा दिन तयार रहेको उहाँले बताउनुभयो । त्यसकालागि आवश्यक प्रक्रिया अगाडि बढाउँन उहाँले राधाकृष्ण मध्यवर्ति सामुदायिक वनसँग अनुरोध गनुभयो ।जीतपुरसमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले उपभोक्ता समुहको सभा हल बनाउँनको लागि ३० लाखको टेन्डर आहवान गरिएको जानकारी दिनुभयो । राधाकृष्ण मध्यवर्ति सामुदायिक वनका अध्यक्ष सत्यबहादुर श्रेष्ठले काठ उत्पादन उपभोक्ता समुहले चाहेर मात्र नहुने भएका कारण काठ उत्पादन भएन् भनेर समुहलाई मात्र दोष दिने कार्य बन्द गर्न अनुरोध गनुभयो ।
राधाकृष्ण सामुदायिक वनमा करिब १४ सय घरधुरी परिवार आबद्ध छन् ।


















