सिमरा,अमलेखगंज प्रहरीले लागूऔषध गाँजासहित एकजना महिलालाई पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय अमलेखगंजले लागूऔषध गाँजासहित जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ नयाँ बस्ती बस्ने करिब २८ वर्षकी अन्जली थिङलाई पक्राउ गरेको हो ।जीतपुरसिमरा उपमहानगरपालिकास्थित बंगिर खोला नजिकै स्कुटरमा सवार थिङलाई बोरामा ८ केजी ४ सय ६८ ग्राम गाँजा लुगाईछिपाई ल्याउंदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।विशेष सूचनाको आधारमा सोमवार ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी वरिष्ठ नायब निरीक्षक पुण्य बिसीको कमाण्डमा खटिएको टोलीले नौबिछियाबाट अमलेखगंजतर्फ आउदै गरेको ना ३३ प ५७४८ नम्बरको स्कुटरमा चेकजांच गर्दा बोरामा गाँजा फेला पारेको थियो ।प्रहरीले स्कुटरसहित थिङ्गलाई नियन्त्रणमा लिएर जिल्ला अदालत बारा कलैयाबाट तीन दिनको म्याद थप गरी अनुसन्धान प्रत्रियायाअगाडि बढाएको जनाएको छ ।

Leave a Reply