निजगढ,नेकपा एमाले निकट अखिल नेपाल महिला संघ निजगढ नगर कमिटीले भूमिगत अवस्थामा पार्टीलाई आश्रय स्थल प्रदान गर्ने निजगका ३५ जना महिलालाई शुक्रवार सम्मान गरेको छ ।अन्तर्राष्टिय महिला दिवसको अवसरमा निजगढ ४ स्थित शहिद हिराराल पार्कमा भएको कार्यक्रममा पञ्चायती शासनकालको भूमिगत अवस्थादेखि हालसम्म पनि पार्टीलाई निरन्तर सहयोग गर्ने महिलाहरुलाई सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको हो ।

कार्यक्रममा अलिख नेपाल महिला संघ केन्द्रीय सदस्य जानु केसी, नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य अम्बिका चौलागाई, सुदर्शन कोइराला, लिलादेबी खनाल, दुर्गा कोइराला, नारायणप्रसाद गौतम, एमाले नगर कमिटी सचिव तिलक घलानलगायतले श्रमिक महिला दिवसको बारेमा बोल्नुभएको थियो ।अखिल नेपाल महिला संघ निजगढ नगर कमिटीकी अध्यक्ष शोभा राउतको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन सरिता सापकोटाले गर्नुभएको थियो । अनेमसंघ मधेस प्रदेश कमिटी अध्यक्ष अन्जु नेपालीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा एमाले निकटका सयौं महिलाहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here