राजन कुमार बानिया
पोखरिया,पर्सा जिल्लाकै ऐतिहासिक तथा धार्मिक जीराभवानी मेला शुक्रवारदेखि धुमधामका साथ सुरु भएको छ ।
महाशिवरात्रीको अवसर पारेर सुरु भएको मेलामा शुक्रवार बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको थियो । पुजापाठका लागि श्रद्धालु भक्तजनहरु बिहान ३ बजेदेखि नै मन्दिर आइपुगेका थिए ।दश दिनसम्म चल्ने सो मेलामा ग्रामीण भेगका किसानले विशेष रुपमा पूजा गर्नेगरेका छन् । उनीहरुले बिहानदेखि निराहर व्रत बसेर विभिन्न प्रसाद बनाएर भगवान शिवको कथा वाचन गरी पूजा गर्नेगरेका छन । मन्दिरमा पूजा तथा जल चढाउन आउने दर्शनार्थीको भिड बाक्लो रहको छ ।मेला समितिबाट खटिएका स्वंमसेवक र सामाजिक अभियान्ता तथा जनपद र सशस्त्र प्रहरीले श्रद्धालु भक्तजनहरुको सुरक्षाको लागि प्रबन्ध मिलाएका छन ।मेलामा पर्सा, बारा, मकवानपुर, चितवन तथा छिमेकी राज्य भारतको बिहार र यूपी राज्यबाट समेत भक्तजनहरु आउने गरेका छन ।
















