राजन कुमार बानिया
पोखरिया,पर्साको धोबिनी गाउँपालिकामा दादुरा– रुबेला खोप अभियान २०८० सम्बन्धि अभिमुखीकरण कार्यक्रम आइतवार सम्पन्न भएको छ ।कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख संजय यादवले दादुरा– रुबेला खोप अभियान २०८०÷०८१ बारे कार्यक्रममा जानकारी गराउनुभएको थियो । उहाँले दादुर– रुबेला खोप ९ महिनादेखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई खोप लगाउन सकिने बताउनुभयो ।

उहाँले डि.पि.टी, बि.सि.जी. र पि.सि.भि खोप लिन छुटेका ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई दिन मिल्ने उहाँले जानकारी दिनुभयो । दादुरा– रुबेला खोप धोबिनी गाउँपालिकाभरि फाल्गुन १३ गतेदेखि ९ दिनसम्म खोप चल्ने जानकारी गराउनुभएको छ । अभिमुखीकरण कार्यक्रममा वडा अध्यक्ष अबास मियाँको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा वडा सदस्य कमल ठाकुर, मदन फौदार, कार्यपालिका सदस्य, स्वास्थ्य सहसंयोजक श्रीराम यादव, सचिव प्रदिप पटेल, स्वास्थ्य चौकी लंगडीका प्रमुख मन्नु पटेल, जनप्रतिनिधि, कर्मचारी लगायतको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here