कृपा संवाददाता
बिरगंज, ०५ मंसिर । बिरगंंज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मामाथी कुटपिट भएको छ । नगर सभाका संचालन भोला साह कलवारले बिरगंंज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष शर्मालाई गाली गलौज सहित कुटपिट गरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।
बिरगंंज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष शर्मा प्रभात भ्रमण गरी आदर्श नगर स्थित रहेको बब्लु टि स्टलमा चिया खाईरहेको बेला नगर सभाका संचालन कलवारले अनावश्यक विवाद गर्दै गाली गलौज गरी कुटपिट गरेकाले संघको गम्भीर ध्यानाकषर्ण भएको विज्ञप्ती मार्फत जनाएका छन् । साथै गाली गलौज गरी कुटपिट गर्ने नगर सभाका संचालन कलवारलाई कानीनु कार्वाहीको लागी माग गरेका छन् ।