वीरगन्ज,पर्साको ग्रामीण भेगका विभिन्न् क्षेत्रबाट नेपाल विद्युत प्राधिकरणको टोलीले विद्युत चोरी गरि प्रयोग गर्ने ६ जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथमा खटिएको विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्रको चुहावट नियन्त्रण टोलीले शनिबार राति विभिन्न गाँउबाट ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पकाहामैनपुर गाउँपालिकाको कटिबलुवाका कृष्ण दास र मन्तुराम साह, जगरनाथपुर गाउँपालिकाको झखरा टोलका ब्रहदेव यादव, रामनारायणप्रसाद यादव र डेकन यादव तथा पटेर्वासुगौली गाउँपालिकाको निचुटाका राजवंशी मुखिया बिन रहेका छन् ।
पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय पोखरियाको जिम्मा लगाएर कारबाही प्रकृया अगाडि बढाइएको विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्रका प्रमुख जगन्नाथ झाले जानकारी दिनुभयो ।


















