वीरगञ्ज,जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छलीका सामग्री बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बसपार्कस्थित सडकखण्डबाट प्रहरीले ७ लाख ३७ हजार ६ सय रुपैयाँ बराबरको भन्सार छलीका सामग्री बरामद गरेको हो ।भारतबाट भन्सार छली चोरी पैठारी गरेर ल्याउँदै गरेको अवस्थामा प्रहरीलाई देखेपछि व्यक्तिहरु सामान छोडेर फरार भएको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनभुयो ।उहाँका अनुसार नक्शा प्रिन्ट गर्ने मेशिन (स्काई कट मेशिन) १ थान, प्लटिङ् पेपर १ रोल, लेडिज सर्ट २ थान, ट्रमनील ट्याब्लेट २ हजार १६८ पत्ता, ९४ किलोग्राम काचो सुपारी, अफ्जल मिन्ट फ्लेवर ६० किलोग्राम, साडी १ थान, कुर्ता सुरुवाल २ थान र २० जोर जुत्ता बरामद गरिएको हो ।बरामद सामग्रीलाई वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।

Leave a Reply