रौतहट,जिल्लाको गरुडा नगरपालिकाको कार्यालयमा लागेको ताला एक महिनापछि खुलेको छ । एक महिनाभन्दा बढी समयदेखि लागेको ताला सोमवार साँझ ७ बजे खुलेको हो ।नगर उपप्रमुख पुनमदेवी चौधरीसहित ६ जना वडा अध्यक्षले विभिन्न माग राख्दै एक महिनादेखि नगरपालिका कार्यालयमा तालाबन्दी गरी मूलगेटमा धर्ना दिँदै आएका थिए ।

नगरप्रमुख कन्थमनीप्रसाद जयसवालले आन्दोलनरत जनप्रतिनिधिको माग सम्बोधन गर्ने लिखित सहमति गरेपछि नगर उपप्रमुख चौधरीसहित आन्दोलनकारी सहमतिमा आएका हुन् । लिखित सहमति भएपछि आन्दोलनरत जनप्रतिनिधिले आन्दोलनका कार्यक्रम फिर्ता लिँदै पालिका कार्यालयमा लगाएको ताल्चा खोलेको जनाएका छन ्।वार्ता सफल भएसंगै गरुडा नगरपालिकामा नगर प्रमुख, नगर उपप्रमुख र वडाध्यक्षहरुबीच चल्दैैआएको विवाद पनि अन्त्य भएको बताइएको छ ।

Leave a Reply