बाराकाे कलैया उपमहानगरपालिका भित्र संचालनमा रहेकाे रिलायन्स सुगर एण्ड केमिकल मिल्स ।

दुष्यन्त चौधरी
कलैया – मुलुकमा संघियता लागु हुना साथ देशमा संघिय , प्रदेश र स्थानीय गरी तिन तहको सरकार भएको हो । सबै सरकारको आ– आफ्नै कामकाज तथा जिम्मेवारी रहेका छन् । २० वर्षको लामो समय पछि स्थानीय तहको निर्वाचन भयो । निर्वाचन भए पश्चताप स्थानीय सरकारलाई पनि विभिन्न जिम्मेवारी दिएका छन् । बारामा कुल १६ वटा स्थानीय सरकार रहेको छ । कलैया उपमहानगरपालिका पनि १६ वटा सरकार मध्येको एक हो ।

कलैया उपमहानगरपालिकाको जनप्रतिनिधीहरुको लापर्वाहीको कारण मानव जिवन नै संकटमा परेका छन् । कलैया उपमहानगरपालिका वडा नम्बर २४ श्रीपुरमा रहेको रिलायन्स सुगर मिल एन्ड केमिकल ईन्डष्ट्रीज प्रा.लीबाट निस्केको दुषित पानीका कारण मानव जिवन नै संकटमा परेका छन् । रिलायन्स सुगर मिल एन्ड केमिकल ईन्डष्ट्रीज प्रा.लीबाट निस्केका दुषित पानीका कारण कलैया उपमहानगरपालिका , जितपुरसिमरा उपमहानगरपालिका ,परवानिपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका र बिश्रामपुर गाउँपालिकाका सर्वसाधारण देखि लिएर कृषि तथा वातावरणलाई समेत असर पार्दै आएका छन् । उद्योगबाट निस्केका फोहोर पानीका कारण किसान , जिवजन्तु , कृषि खेतीका साथै वातावरणलाई समेत प्रत्यक्ष असर पारिराखेका छन् ।

दुषित पानी निस्केकाे भन्दै फेगा गाँउपालिकाका अध्यक्ष अमिरीप्रसादले बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्र मनी पाेखरेललाइ ज्ञापन पत्र बुझाउदै ।

आधा दर्जन भन्दा बढी पालीकाको कृषि तथा वातावरणलाई समेत असर पारीरहदाँ पनि कलैया उपमहानगरपालिकाले कुनै ठोस कदम चाल्न सकेका छैन् । कलैया उपमहानगरपालिकाले उद्योगबाट निस्केका फोहोर पानीको बारे चर्को आलोचना भईरहदा पनि न त अनुगमन नै गरेका छन् । नत कार्वाही नै । कार्वाही गर्ने निकाय नै मौन भएकाले गत १३ गते फेटा गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले बाराका प्रमुख जिल्ला अधिकारी फनिन्द्र मणी पोखरेललाई ज्ञापन पत्र बुझाएका थिए ।

 

भने शुक्रबार प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला प्रसाद गुप्ताले पनि प्रमुख जिल्ला अधिकारी पोखरेललाई ज्ञापन पत्र बुझाएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला संयोजक क्षेत्र बहादुर (अनिल) श्रेष्ठले उद्योगबाट निस्केको दुषित पानीलाई तुरुन्त रोक्नुपर्ने जनाएका छन् ।

बाराका नागरीक समाजका अध्यक्ष उमेशलाल दासको अनुसार जो सुकैले पनि मानवको स्वास्थ्यसँग खेलवाड नगर्नुपर्ने सुनाए । अनुगमन तथा कार्वाही गर्ने निकायले भने आर्थिक प्रलोभनमा परेको हुनसक्ने भएकाले अहिले सम्म मौन रहेको प्रतिक्रिया दिए । उद्योगलाई कार्वाही गरी आम सर्वसाधारणको स्वास्थ्यको ख्याल गर्नुपर्ने सम्बन्धीत सरोकारवालाको समेत ध्यान दिन पुग्न जरुरी रहेको जानकारी दिए । त्यसैगरी नेकपा नेता मुकेश साहको भनाई पनि सर्वसाधारण जनताको स्वास्थ्यसँग खेलवाड गर्ने उद्योगलाई कार्वाही गर्नुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here