निजगढ,निजगढस्थित गौरीशंकर क्याम्पस व्यवस्थापन समितिको निर्वाचनमा वर्तमान अध्यक्ष एकबहादुर श्रेष्ठ र निजगढका व्यवसायी रामचन्द्र जैसवाल नेतृत्वमा २ वटा प्यानलबाट २० जनाले मनोनयन पत्र दर्ता गरेका छन । शुक्रवार हुने मतदानको लागि बिहीवार अध्यक्ष पदमा उम्मेदवारी दिएका श्रेष्ठ र जैसवाल छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन ।जसअनुसार श्रेष्ठको प्यानलबाट सदस्य पदमा कर्णबहादुर भुलन लामा, मनोजकुमार रेग्मी, प्रलाद शर्मा र महिला सदस्यमा निशा भण्डारीले मनोनयन पत्र दर्ता गरेका हुन ।त्यसैगरी जैसवाल नेतृत्वमा अभिषेक शर्मा, रामकुमार शर्मा दहाल, ऋषिराज अधिकारी र महिला सदस्यमा सुभद्रा नेपालले उम्मेदवारी दिएका छन । एक अध्यक्ष र ४ जना सदस्यको लागि दुई वटा प्यानलबाट ५÷५ जनाको उम्मेदवारी परेको हो ।निर्वाचन मण्डलका सदस्यसमेत रहनुभएका क्याम्पस प्रमुख रामप्रसाद गौतमका अनुसार आज मनोनयन पत्र फिर्ता लिने र उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गर्ने मिति निर्धारण गरिएको र सर्वसम्मत नभएको अवस्थामा नयाँ कार्यसमिति चयनको लागि दिउसो १.१५ बजेबाट ३ बजेसम्म मतदान हुने छ ।क्याम्पस प्रमुख गौतमका अनुसार दिउसो ४ बजेसम्म मत परिणाम घोषणा आज नै विजयी उम्मेदवारहरुलाई प्रमाणपत्र प्रदान गरिने कार्यक्रम रहेको छ । निर्वाचनमा ८० जना मतदाता रहेका छन ।

Leave a Reply