विशेषगरी स्थानीयवासीको जिद्दीका कारण उपत्यकाको फोहोर व्यवस्थापनमा फेरि समस्या आएको छ । आफूहरुको माग हाताहाति पूरा गर्नुपर्ने भन्दै स्थानीयले दुई दिनदेखि बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्न रोक लगाएका छन् । स्थानीय धुनिबेसी नगरपालिका र ककनी गाउँपालिकाका स्थानीयले तीन वर्षअघि भएको १८ बुँदे सहमति तत्काल कार्यान्वयन गर्न माग गर्दै फोहोर रोकेका छन् । स्थानीयले फोहोरमा राजनीति गर्दा समस्या बढेको मात्र छैन, उपत्यकाका स्थानीयको फोहोर सडकमा थुप्रिन थालेको छ ।

१७ दिनअघि शहरी विकासमन्त्री कुलमान घिसिङ ल्यान्डफिल साइटमै पुग्नुभएको थियो । त्यसबेला स्थानीय र मन्त्रीबीच तत्काल सम्झौता कार्यान्वयन गर्ने मौखिक सहमति भएको थियो । सहमतिलगत्तै काम शुरु भइरहँदा १५ दिन कुरेर बसेका स्थानीयले १६ औँ दिनबाट फोहोर विसर्जन बन्द गराएका थिए । लगत्तै मन्त्री घिसिङले स्थानीयसँग कुरा गर्नुभएको थियो । बुधवार रातिसम्म वार्ता भए पनि माग पूरा हुन सकेन ।

स्थानीयले स्रोत सुनिश्चित गरी तत्काल काम शुरु गर्न आग्रह गरेका थिए तर सरकारले क्रमागतरुपमा काम गर्दै जाने बताएको थियो । हुन त काठमाडौको कुरा तराई मधेसका लागि आवश्यक कुरा नभएपनि यहाँका नागरिकहरु पनि त काठमाडौं जानुपर्ला फेरि धेरै यहाँका नागरिकहरुको स्थायी र अस्थायी बसोवास पनि त छ यो अर्थमा काठमाडौंको फोहोरको उचित व्यवस्थापन आवश्यक छ ।

Leave a Reply