सर्लाही,सर्लाहीको मलङ्गवा नगरपालिका– १०, गम्हरियामा सोमवार राति भएको सवारी दुर्घटनाका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ ।दुर्घटनामा नापी कार्यालय मलङ्गवाका प्रमुखसहित गाडीमा सवार ११ जना घाइते भएकोमा कार्यालय सहयोगी बागमती नगरपालिका– ११, कर्मैयाका ४५ वर्षीय विनोद घिमिरेको मृत्यु भएको हो । घिमिरेको उपचारका क्रममा एलएस न्युरो अस्पताल बारामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्य १० जना घाइते उपचाररत छन् । सोमवार राति पौने ८ बजेतिर नवलपुर–मलङ्गवा सडक खण्डमा सदरमुकाम मलङ्गवाबाट नवलपुरतर्फ आउँदै गरेको नापी कार्यालयका कर्मचारी सवार बीआर ०६ पिडी ९६४८ नम्वरको सफारी गाडी गम्हरिया गाउँदेखि उत्तर नवलपुरतर्फ नै उखु बोकेर आउँदै गरेको ज २ त १०६७ नम्वरको ट्याक्टरमा पछाडिबाट ठोक्किएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Leave a Reply