वीरगञ्ज,पर्साको ठोरीमा जङ्गली हात्तीले फेरि वितण्डा मच्चाएको छ । बुधवार बिहानीपख चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको जङ्गली हात्तीले ठोरी गापा– २, गौतमनगरमा स्थानीयले घरमा राखेको अन्नपात खाएर आतङ्क मच्चाएको हो ।
स्थानीय सन्चारकर्मी चिरञ्जीवी सापकोटाका अनुसार जंगली हात्तीले गौतमनगरका चेतबहादुर बस्नेतको घरको बार भत्काएर भकारीमा राखेको १२ मुरीभन्दा बढी धान खाएकोे छ । यस्तै सोही ठाउँका काजी प्याकुरेलको घरमा समेत हात्तीले क्षति पु¥याएको छ । गौतमनगरकी सीता गौतमको घरको बार पनि हात्तीले भत्काएको छ ।जंगलबाट गाउँ पसेको हात्तीलाई स्थानीयबासीले होहल्ला गरेर जङ्गलतर्फ फर्काएको सन्चारकर्मी सापकोटाले बताउनुभयो ।
जङगली जनावरबाट सधैंजसो पीडित बन्ने गरेका ठोरीवासी हात्तीले वितण्डा मच्चाएपछि थप त्रसित बनेका छन् ।