छिमेकी देश चीनको कुरा गर्ने हो भने मुल सडकमा खासै प्रहरी देखिदैनन् । खाडी देशहरुमा गएका नेपालीहरुले समेत ती देशहरुको मुल सडकमा प्रहरी नदेख्दा अचम्म मान्ने गरेका छन ।नेपालमा भने गल्ली, गल्लीमा प्रहरी भेटिन्छन्, सीमामा प्रहरी मात्रै होइन अर्धसैनिक बलसमेत तैनाथी छन । तर पनि अपराधमा कमी आएको देखिदैन । त्यसो त विश्वका कयौं विकसित मुलुकहरुमा समेत सडकमा रोबर्टले सुरक्षा प्रबन्ध मिलाएको देखिन्छ । ती देशहरुमा अपराध हुदैन भन्ने पनि होइन तर हाम्रो जस्तो देशको तुलनामा त्यहा अपराध कम हुन्छन र अपराधिलाई कारबाही पनि कडा नै हुन्छ ।
त्यो हिसावले पनि ति देशहरुमा मानिसले हत्तपत्त अपराध गर्दैन अनि त्यहाँ प्रहरीको काम समेत नागरिकहरुले गरेको देखिन्छ । मानिस आफै सचेत हुने हो र कानुनको प्रभावकारी कार्यान्वयन गर्ने हो भने यसैपनि समाजमा अपराध घट्छ अनि प्रहरीको भूमिका पनि कम हुनेछ । त्यसो त नेपाल प्रहरीको स्थापना हुनुपूर्व नेपालमा पनि नागरिकहरुले आफ्नो सुरक्षा आफै गर्दथे ।समय फेरियो अनि अपराध पनि बढ्यो र प्रहरीको संख्या पनि बढ्यो । २०५७ सालतिर नेपालमा स्थापना गरिएको अर्धसैनिक बल सशस्त्र प्रहरीको अहिले नेपालमा काम नभए पनि सीमा क्षेत्रमा परिचालन गरिएको छ ।
तत्कालिन समयमा माओवादीसंग लड्नका लागि गठन गरिएको यो प्रहरीको अहिले काम देखिदैन । सेनाको संख्या पनि बढ्ने, प्रहरी बढ्ने अनि सशस्त्र प्रहरी बढ्ने भएपछि देशको आर्थिक भार यसै पनि बढी हुन्छ । सबै नागरिक प्रहरी वा प्रहरीको भूमिकामा रहेपछि प्रहरीको संख्या पनि घट्नेछ अनि अपराध पनि कमी हुनेछ र देशको ब्याय भर पनि घट्नेछ तर त्यो समय आउने कहिले ?















