वीरगञ्ज,वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ प्रतीमा चोकमा सडक अतिक्रमण गरि बनाइएका संरचनामा महानगरले डोजर लगाएर हटाएको छ । हलाकी सडक अन्तर्गत पर्ने उक्त स्थानमा केही व्यक्तिले अतिक्रमण गरेरसंरचना बनाइएका कारण वर्षौँदेखि सडक निर्माण हुन सकेको थिएन । सडक निर्माण नहँदा स्थानीयले सास्ति खेप्दै आएका थिए ।वीरगञ्ज महानगरपालिकाका प्रम७३घढसख राजेशमान सिंहको पहलमा सडक निर्माणको ठेक्का लागेसँगै सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाइएको हो ।प्रतीमा चोकबाट कलैयातर्फ जाने करिब डेढ सय मिटर सडक निर्माणका लागि अभी
कन्सट्रक्सनले ठेक्का पाएको छ ।

६९ लाख १५ हजार रुपैयाँमा ह७३घढसलाकी सडककै मापदण्डमा आउँदो जेठ ३० गते भित्र सडक तथा नाला निर्माण सम्पन्न गर्ने गरी अभी कन्सट्रक्सनले ठेक्का सकार गरेर सम्झौता गरेको सडक डिभिजन कार्यालय हेटौँडाका डिभिजन प्रमुुख इन्जिनियर राजेश कुुमार यादवले जानकारी दिनुुभयो । केदार कम्पनीका संचालक दीपक साहले अबको एक महिनाभित्रैमा निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी आफ्नो कम्पनीले कामअघि बढाउने बताउनुभयो ।‘सडक निर्माणका लागि अवरोधको रुपमा रहेका संरचना हटेसँगै (साइट क्लियर भएसँगै) आजैबाट काम स७३घढसरु भएको छ,’ ठेकेदार कम्पनीका साहले भन्नुुभयो, ‘अबको एक महिनाभित्रै सडक निर्माण सम्पन्न गरेर हस्तान्तरण नै गर्ने गरि हामी काम गर्नेर्छौँ ।’



















