आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई निर्वाचन आयोगले समानुपातिक तर्फको उम्मेदवारको बन्दसूचि बुझाउने समय दियो ।सोही अनुसार दलहरुले आफ्नो पार्टीको तर्फबाट उम्मेदवारहरुको बन्द सूचि पनि बुुझाइसकेका छन । पुराना दललाई त समानुपातिक निर्वाचन प्रर्णालीको विषयमा थाहा नै थियो र उनीहरुले गर्ने बद्मासी पनि नागरिक स्तरमा छर्लङ्ग नै थियो तर नयाँ भनिएका दलहरुले पनि यस्तो हर्कत गर्लान् भन्ने कसैले पनि सोचेका थिएनन ।
जेनजीहरुको भावना बिपरित नयाँ दलले पनि समानुपातिक निर्वाचन प्रणालीमा पुरानै दलहरुको जस्तै पारा अपनाएको देखियो ।नयाँहरुको पारा पनि समानुपातिकमा यस्तै हो भने यो प्रणाली किन आवश्यक रह्यो र ? भन्ने प्रश्न उब्जिएको छ । दलहरुले यस्तै हर्कत गर्ने हो भने त यसको अर्थ छैन । यसको औचित्यका विषयमा हिजोदेखि नै निकै बहस भइरहेको छ ।
नयाँ दलहरुले केही नयाँपन ल्याउलान् वा नीति बनाउलान् भन्ने जनतालाई लागेको थियो तर नयाँको शैलीले सबैको मन दुःखाएको छ र यो प्रणाली आवश्यक छैन भन्ने प्रमाणित भएको छ ।हुन त् अब नयाँहरुले पनि नयाँ स्वाद लिइरहेको अवस्था छ । समानुपातिक निर्वाचन प्रणालीमा उनीहरुको पनि सहभागिता रहेपछि यसको स्वाद नै फरक हुन्छ । यो चाखिसकेपछि कसैलाई पनि छाड्न मन लाग्दैन । अब यो विषय कसैले पनि उच्चाहरण त गर्दैनन् तर अब यसको आवश्यक छैन भन्ने कुरा चैं प्रमाणित भइसकेको छ ।अबको निर्वाचनमा यो विषय मुख्य मुद्दाको रुपमा उठ्न आवश्यक छ । तर कसले र कुनकुन दलले उठाउलान भन्ने कुरा महत्वपूर्ण हो । संभवतः यो विषयमा कसैले पनि बहस गर्दैनन् होला किनभने अब समानुपातिकतर्फको बन्दसूचि नयाँ पुराना सबैको लागि एउटा मिठो स्वाद बनेको छ ।
















