आरके राजन
सिम्रौनगढ,ऐतिहासिक, पर्यटकीय एवंम धार्मिक दृष्टिले महत्वपूर्ण मानिने बाराको सिमरौनगढ– ६ सानो ईटवालमा बिष्णु भगवानको मुर्ति फेला परेको छ ।बुधवार अपरान्ह ४ बजे पोखरीको सरसफाइ गर्ने क्रममा सो मुर्ति फेला परेको स्थानीय सुरेश महतोले जानकारी दिनुभयो । उक्त मुर्ति चार फिट लामो र २.५ फिट चौडाइको रहेको छ । मुर्ति फेला पर्ने बितिक्कै उक्त स्थानमा स्थानीय बासिन्दाको भीड लागेको थियो । सरसफाइपछि उक्त मूर्ति हाल स्थानीय हनुमान मन्दिरमा राखिएको छ ।

सिम्रौनगढ क्षेत्रमा ३-४ महिनाको अन्तरालमा ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्वका मूर्ति र प्रतीमाहरु फेला पर्ने गरेका छन । यसअघि सिम्रौनगढको हरिहरपुर, कचोर्वा, खजानी, झवानी, ननसगरा ढाट, अमृतगन्ज, नैकाटोला लगायतका गाउँमा पुरातात्विक महत्वका सामग्रीहरु फेला परेका थिए ।ऐतिहासिक, पुरातात्विक र धार्मिक दृष्टिले महत्वपूर्ण रहेको सिम्रौनगढको उचित संरक्षण र आवश्यक उत्खननमा सरकारले ध्यान दिन नसक्दा यो क्षेत्र विकासमा पछाडि परेको स्थानीय बासिन्दाले गुनासो गरेका छन ।

Leave a Reply