भारत र पाकिस्तान कुनै समय एक भएका देश हुन् तर यिनीहरुमा भौगोलिक विभाजन आएसंगै मानसिक रुपमा पनि यी दुईबीच कहिल्यै राम्रो भएको देखिएको छैन ।नेपालका लागि यी दुई छिमेकी देशहरु समान छन् र हुनु पनि पर्दछ । तर,यी दुईको तनाब चर्किदै गएको खण्डमा नेपाललाई पनि समस्या पर्ने चैं देखिन्छ । एक कुशल छिमेकीका हिसावले नेपालले जहिले पनि शान्तिको पक्षमा बोल्नु पर्दछ तर नेपालले बोलेको कुराको खासै सुनुवाइ हुदैन ।
बिशेषगरी गत महिना कस्मिरमा आतंकबादीहरुले सर्वसाधारणको हत्या गरेपछि भारत पाकिस्तानसंग कुद्ध बनेको हो ।त्यो आतंकवादी घटनामा पकिस्तानका हात कति छ त्यसको त फरक तरिको बिश्लेषण होला नै । त्यसो त यस्ता घटनामा कुनैपनि देशले साथ दिने कुरा आउदैन । पाकले दिएको भए त त्यो एकदमै गलत हो र यसको दोषी पाकिस्तान हुनु पर्छ नै तर पाकिस्तानले यो कुरा स्वीकार गरेको देखिदैन ।
भारतले पनि आफू ठूलो भएकाले जे पनि गर्न सक्ने धम्की दिनु उचित होइन । यसरी तनाब सृजना गरेर कसैलाई पनि फाइदा छैन । यो लडाईले दुबै देशलाई घाटा हुने पनि निश्चित छ । त्यसैले पनि शान्ति पहिलो प्राथमिकता भारत र पाकिस्तान दुबैले शान्तिलाई दिन पर्छ । यदि भारत र पाक मानौं लडाई नै भयो भने चैं यसले बिश्वलाई नै असर गर्ने छ र लगभग तेश्रो बिश्वयुद्धको खतरा रहने पनि छ ।
















