जीतपुर,प्रहरी निरीक्षकमाथि घुस लिएर चोरीका अभियुक्त छाडेको आरोप लागेको छ । बाराको इलाका प्रहरी कार्यालय प्रसौनी, नौतन गण्डकका प्रहरी निरीक्षक विन्देश्वर यादवले चोरीका अभियुक्तलाई मुद्दा नचलाई छाडेका हुन् । प्लाष्टिकको बोरा उत्पादन गर्ने बारा, प्रसौनी गापा ६ भलुहीस्थित जय पशुपतिनाथ इम्पेक्स प्रालिमामा चोरी गर्नेलाई प्रहरीले छाडेको हो । गत चैत १४ गते राति त्यहाँ भएको थियो । चोरीमा संलग्न पाँचमध्ये ४ जना गत जेठ ७ गते पक्राउ परेका थिए । पक्राउ पर्नेमा बारा, परवानीपुर गापा–२ मुसहरीका २४ वर्षीय सन्नीकुमार मण्डल, सोही स्थानका २२ वर्षीय मुनिल कुमार र २४ वर्षीय विक्की प्रसाद, वीरगंज १० रानीघाटका रामजीप्रसाद चौहान र भारत, उत्तरप्रदेश बनारसका ३५ वर्षीय शुभम पाण्डे रहेका थिए । चोरीका मुख्य नाइके अझै फरार नै छन् । करिब १२ लाख मूल्य बराबरको बोरा उत्पादन गर्ने कच्चा पदार्थ प्लाष्टिक दाना उद्योगकै मजदुर र दुई जना ट्रयाक्टर चालकको सहायतामा चोरी गरी वीरगंजकै बजारमा बेचिएको थियो ।

सर्लाही निवासी तुलसी रौनियार सञ्चालक रहेको उद्योगमा चोरीको समयमा उद्योग व्यवस्थपन पक्षले सोही बेला प्रसौनी प्रहरीमा निवेदन दिएपछि अनुसन्धान शुरु भएको थियो । र, गत साता प्रहरीले चोर समूहका सन्नीलाई वीरगन्ज १५ प्रतिमा चोकको एक व्यवसायीलाई बेचिरहेको अवस्थामा पक्राउ परेपछि चोरीको रहस्य खुलेको हो । उता ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक यादवले पीडितले जाहेरी नदिँदा व्यवहारिक रुपमै विवाद मिलाउन भनेपछि छाडिएको बताउनुभएको छ ।

 

Leave a Reply