नरेश गुप्ता

बरियारपुर –  लक डाउनको १७ औं दिन बाराको विभिन्न स्थानीय तहमा संचालनमा रहेको क्वारेन्टाइनमा १ सय ७ जनालाई निगरानी  गरिएको छ । कोरोना कोभिड १९ को संक्रमण  फैल्न  नदिन नेपाल सरकारले लगाएको लक डाउनको बिहीवार १७ औं  दिन  बाराको जनजीवन कष्ट्मय बन्दै गएको छ । लक डाउनमा बारामा खाधान ढुवानी सेवाको लागि ट्रक ,ट्रक्कटर,  मिनि ट्रक  , एम्बुलेन्स ,,प्रेसको गाडी  बाहेक अन्य आफ्नो ब्यक्तिगत प्रयोजनका लागि सडकमा सवारीसाधन  गुडेको  थियो ।

 

 

 

 

कोरोना कोभिड १९ को संक्रमण रोकथामको लागि  जिल्ला भरिमा ३ सय ४५ वटा क्वारेन्टाइन निर्माण  गरिएको प्रहरी  प्रवक्ता  गौतम मिश्रले बताउनु भयो । लक डाउनको १७ औं  दिन बारामा लक डाउनको अवज्ञा गरि  सवारीसाधन चलाएको  २५ वटा मोटरसाइकल  र ६ जना मानिसलाई नियन्त्रणमा  लिइएको  जिल्ला प्रहरी  कार्यलय बाराले जनाएको छ ।

Leave a Reply