वीरगञ्ज, पर्साको कालीकामाई गाउँपालिका वडा नम्बर ५ देवरियाबाट सशस्त्र प्रहरीले लागूऔषध चरेसहित एक जना युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिस्वाका ३७ वर्षिय राजेश साह रहेका छन् । साह १५ किलो ५०० ग्राम चरेशसहित पक्राउ परेका हुन् ।बिहीवार दिउँसो सशस्त्र प्रहरी बेस क्याम्प पोखरियाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले देउरियाबाट भिस्वातर्फ जाँदै गरेका साह सवार बीआर २२ एपी ६८१५ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा मोटरसाइकलको ट्याङकीभित्र र सिटमुनि लुकाएर राखिएको ५०० ग्रामको १९ प्याकेट र २५० ग्रामको २४ प्याकेट चरेस बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतले बताउनुभयो ।चरेससहित पक्राउ परेका साह र मोटरसाइकल आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको बस्नेतले जानकारी दिनुभयो ।


















