कास्की – त्रिभुवन आर्मी क्लब २३ औँ आहा रारा पोखरा गोल्ड कप फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।
पोखरा रङ्गशालामा बुधवार भएको खेलमा राइजिङ स्टार एफसीलाई १–० ले हराउँदै आर्मी क्वाटरफाइनलमा पुगेको हो । आर्मीका लागि कप्तान भरत खवासले गोल गरे ।

अब आर्मीले क्वाटरफाइनलमा माघ १४ गते साविक विजेता सङ्कटा क्लबसँग खेल्नेछ । राइजिङ स्टार पहिलो पटक पोखरा गोल्ड कपमा सहभागी भएको हो । आर्मी ४ पटक प्रतियोगिताको फाइनल पुगे पनि उपाधि जित्न सकेको छैन । प्रतियोगितामा भोलि मच्छिन्द्र क्लब र जावलाखेल क्लबबीच खेल हुनेछ ।यही २० गतेसम्म चल्ने प्रतियोगितामा १२ वटा टोलीको सहभागिता छ । प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here