दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको करैयामाई गाँउपालिका वडा नम्बर २ मा रहेको करैया बजारमा शनिवार प्रथम करैयामाई वचत तथा ऋण सहकारी संस्था लि. करैयाको साधारण सभा सम्पन भएको छ. ।करैयामाई गाँउपालिकाका अध्यक्ष शम्भुप्रसाद यादवको प्रमुख अतिथ्यतामा भएको सो सधारण सभामा विशिष्ट अतिथि गाउँपालिकाकी उपाध्यक्ष सुनैनाकुमारी चौधरी, वडा अध्यक्ष सुरेन्द्रप्रसाद चौघरी, स्थानीय राजेश चौधरी, समाजसेवी रामनारायण साह, शिक्षकहरु भुमीप्रसाद चौधरी, प्रकाश चौधरी, तीर्थनारायण चौधरीलगायतकाले सो सहकारी संस्थाको प्रगतिको लागि मंनव्य व्यक्त गरेका थिए ।सहकारी संस्थाका अध्यक्ष जीतबहादुर चौधरी अध्यक्षतामा भएको सो सधारण सभामामा आर्थिक वर्ष ०७९-०८० को आर्थिक प्रतिवेदन राजकुमार चौधरी र लेखा प्रतिवेदन रुपेश चौधरीले पेश गर्नुभएको थियो भने कार्यक्रममा शिक्षक प्रमोद चौधरीले शुभकामना मंन्तव्य व्यक्त गर्नुभएको थियो ।कार्यक्रमको संञ्चालन श्यामसुदिन चौधरीले गर्नु भएको थियो ।


















