राजन कुमार बानिया

पोखरिया – प्रहरीले वीरगञ्ज महानगरपालीका वडा नम्बर ३ स्थित एक घरबाट लागुऔषध सहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालीका वडा नं.३ बस्ने बर्ष ४६ को सन्तोष पटेल, बर्ष ३७ की बबिता देवी, बर्ष २८ को टिंकु श्रीवास्तव, पर्सा बिन्दवासिनी गाउपालीका वडा नं.२ बहुअर्वाभाठा बस्ने बर्ष २८ को राजनाथ यादव र जिल्ला बारा प्रसौनी गाउँपालीका वडा नं.३ नौतन बस्ने बर्ष ३२ को मुग्रिम साह रहेका छन् ।

 

 

लागु औषध घरमा भण्डार गरी खरिद बिक्रि गरि रहेको छ भनि प्राप्त सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालीका वडा नं.३ बस्ने बर्ष ४६ को सन्तोष पटेलले आफ्नो घरमा बक्स पलङ भित्र बिक्रि बितरण गर्न लुकाई छिपाई राखेको अबस्थामा लागुऔषध सहित ५ जनालाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

 

 

 

बरामद गरिएको लागु औषधहरु एक सय एमएलको डाईलेक्स डिसी ८७ बोतल, एक सय एमएलको ओनोरेक्स १ सय ३ बोतल, निट्राजेपाम २० पीस, नाइट्रोभ्याट ३६ पीस र सिम्प्लेक्स्ट ८ वटा पतामा ५७ पीस फेला परेको पर्सा प्रहरीले जनाएको छ । लागुऔषध सहित पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसनधान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here