वीरगन्ज,पर्सामा करिब एक महिनादेखि लागेको निशेधाज्ञाको अवधिमा ६ लाख भन्दा बढी खर्च भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले सार्वजनिक गरेको तथ्यांक अनुसार बैशाख १६ गतेबाट जारी गरिएको निषेधाज्ञाको जेठ १९ गतेको अवधिसम्म ६ लाख ५६ हजार ५ सय ७५ रुपैयँ खर्च भएको हो । सार्वजनिक गरिएको तथ्यांक अनुसार ३ लाख ७१ हजार ६ सय ६५ रुपैयाँ कोरोनाबाट संक्रमितहरुको शव व्यवस्थापनका लागि खर्च भएको छ । त्यसरी नै होल्डिंग सेन्टर व्यवस्थापनका लागि ७६ हजार १ सय खर्च भएको देखाइएको छ । तर पर्सामा दोश्रो लहरका कोरोना शुरु भएपछि पर्सामा होल्डिंग सेन्टर बनाइएको छैन । त्यसरी नै कन्ट्याक ट्रेसिंगको नाउमा इन्धन खर्च तथा सवारी साधन खर्च बापत समेत २ लाख ८ हजार ८ सय ६० खर्च भएको देखाइएको छ ।

Leave a Reply