सिम्रौनगढ,भारत सरकारद्वारा नेपाल प्रवेशमा रोक लगाईएको बाराका चार सिमा नाकामा चार चक्के सवारी खुल्ला भएको छ । चार चक्के वाहनलाई अब बारा जिल्लाको सिमावर्ति क्षेत्रमा आवतजावत खुल्ला भएको हो ।कोभिड १९ पछि बाराको सिम्रौनगढ, कवही, मटिअर्वा र बसतपुर नाकाबाट चारचक्के सवारी आवतजावत बन्द थियो । भारतले समेत सवारी आवागमन बन्द गरेपछि चार बर्षदेखि बाराका छोटी भन्सार बन्द छन ।भारतले चार वर्षपछि बाराका सीमा नाकाहरु खुल्ला गरेकोमा स्थानीय हर्षित भएको सिम्रौनगढका स्थानीयले बताएका छन ।सन २०१९ कोरोना पछि बाराका चार छोटी भन्सार र सीमा नाकाबाट चारपाङग्रे भारतबाट बारा आउन रक्सौल अथवा गौर पुग्नु पर्ने बाध्यता रहेको थियो । बाराको सीमावर्ति भारतको घोडासहनको झरोखर, छौडादानोको महुवावा र आदापुरको मटिअर्वा नाकाहरुबाट मात्र यो सुविधा उपलब्ध गराईएको भारतको सीमा सुरक्षामा तैनाथ एसएसबीद्धारा जारी सूचनामा जनाइएको छ ।

Leave a Reply