मौलापुर,विवाह खर्चबापत मौलापुर नगरपालिकाकी मेयर रीना कुमारी साहले ५० जना परिवारका सदस्यहरुलाई जनही ३० हजारको दरले चेक हस्तान्तरण गर्नुभएको छ ।नगरपालिकाले गरिब समुदायका महिलाहरुको विहेवारीमा परिवारलाई जनही ३० हजार रुपैयाँ अनुदान प्रदान गर्ने कार्यक्रम अन्तर्गत सो रकम हस्तान्तरण गरिएको हो । सोही कार्यक्रम अनुसार बिहीवार ५० परिवारलाई रू ३० हजारको दरले अनुदान रकमको चेक हस्तान्तरण गरिएको साहले जानकारी दिनुभयो । रीनाकुमारी साह मेयर निर्वाचित भएदेखि नै नगरपालिकाले ‘असहायके साथ मेयर कार्यक्रम’ मार्फत विवाहा बापतको रकम सहयोग गर्दैआएको छ ।विवाहाको खर्च बापत चेक प्राप्त गरेपछि लाभग्राहीहरुले खुसी व्यक्त गरेका छन । मेयर साहको पहलमा झण्डै ६ वर्षदेखि शुरू भएको यो कार्यक्रमले गरिब र असहाय परिवारलाई ठुल्लो राहत प्रदान गरेको नगरपालिकाले जनाएको छ ।

















